काग्रेसवाट निर्वाचीत वडाअध्यक्षले तलव भत्ता सबै बिद्यालयलाई दिने

प्रकाशित मिति:

देशभरीका प्राय सबै स्थानीय तहमा कर र जनप्रतिनिधिले लिने पारिश्रमिक र भत्ताले चर्चा पाएको छ । आफुहरुले सेवा सुबिधा उपभोग गर्न कर बढाएको आरोप जनप्रतिनिधिहरुलाई विपक्षी दल तथा नागरीकहरुले लगाईरहेका छन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा लगाईएको करको बिरोधमा बिपक्षी काँग्रेसले वडा तहमा समेत संघर्ष समिति गठन गरेर बिरोध गरीरहेको छ । बिरोध कार्यक्रममा काँग्रेस नेताहरुले जनप्रतिनिधिले लिने गरेको पारिश्रमिक मात्रै होइन भत्ताको समेत व्यापक बिरोध गरेका छन ।
यसैबिच काँग्रेसबाट निर्वाचित तिलोत्तमा नगरपालिकाको वडा नम्वर ९ का वडाअध्यक्ष नारायण न्यौपानेले जनप्रतिनिधिका हैसियतमा प्राप्त गर्ने पारिश्रमिक र भत्ता आफनै वडाका बिद्यालयको शिक्षा सुधारमा खर्च गर्ने घोषणा गर्नु भएको छ ।
न्यौपानेले ५ वर्ष सम्म जनप्रतिनिधिका हैसियतमा प्राप्त गर्ने पारिश्रमिक भत्ता सहित अन्य सबै सुबिधा वडामा रहेका गौतम बुद्ध माध्यमिक बिद्यालय, गौतम बुद्ध शिशु सदन र बिश्व शान्ति आधारभुत बिद्यालयमा खर्च गर्ने बताउनु भयोे ।
यसको औपचारिक घोषणा वडा कार्यालयमा स्थानीय समाजसेवी, शिक्षाविद तथा संघ सस्थाका प्रतिनिधिको रोहवरमा केही दिन भित्र गर्ने न्यौपानेले बताउनु भएको छ ।
न्यौपानेले भन्नुभयो जनताको सेवा गर्न जनप्रतिनिधि भएको हु सकेसम्म राज्यले जनप्रतिनिधिलाई यस्तो सुबिधा दिनु हुदैन भन्ने मेरो मान्यता छ तर सबैले लिएकाले मैले त्यो रकम सामाजिक सेवामा नै लगाउने निधो गरेको छु।
उहाँले कुन क्षेत्रमा लगाऔ भन्दा धेरै साथीहरुले शिक्षामा लगानी गर्न सुझाव दिएकाले आफनै वडाका बिद्यालयहरुमा सहयोग गर्ने बताउनु भयो ।
तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरेले यस अघि नै पारिश्रमिक नलिने घोषणा गरी आफुले पाउने पहिलो र दोश्रो वषर्षको पारिश्रमिक तथा भत्ता नगरपालिका भित्रका ४४ वटा सामुदायिक बिद्यालयका बिद्यार्थिहरुलाई हस्तान्तरण गरीसक्नु भएको छ । वडा नम्वर ९ का अध्यक्ष न्यौपाने पारिश्रमिक तथा भत्ता शिक्षामा खर्च गर्ने भएपछी अन्य जनप्रतिनिधिहरुमा पनि दवाव पर्ने देखिएको छ ।