नेपाल अमेरिका सम्बन्धको ७२ बर्ष पुरा

प्रकाशित मिति:

होमप्रसाद लम्साल –दोस्रो विश्वयुद्धको समाप्तिसंगै स्थापना भएको अमेरिका नेपाल सम्बन्ध ७३ बर्षमा प्रवेश गरेको छ। सन् १९४७ अप्रिल २७ तारीखका दिन अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि सन् १९५९ अगष्ट ६ तारिकका दिन नेपालमा अमेरिकी दूतावासको औपचारिक स्थापना भयो।अमेरिका नेपालको लागि सबैभन्दा ठूलो दातृ राष्ट्र पनि हो। अमेरिकासंगको सम्बन्ध पुरानो कुटनीतिक ईतिहास र सम्बन्ध स्थापनादेखिकै निरन्तरको उच्चस्तरको सहयोगले अन्य मुलुकको तुलनामा दुई देशबीचको सम्बन्ध फरक र महत्वपुर्ण पनि छ।

पछिल्ला दुई वर्षमा अमेरिकासँग कुटनीतिक विषयको बुझाइमा केही फरक समेत देखियो। जस्तो भेनेजुएला प्रकरणमा अस्पष्टता। अर्को डेढ बर्ष अघि संयुक्त राष्ट्रसंघमा भएको मतदानमा ईजराईलको राजधानी बनाउने विषयमा अमेरिकाद्धारा आव्हान गरेभन्दा विपरित मतदान प्रक्रियामा नेपाल समेल भयो र तत्कालै वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले गरेको आव्हान विपरित मतदान गर्ने देशरुलाई दिदै आएको सहयोगमा पुर्नविचार गर्ने ट्विट गरे। त्यसको लगत्तै अमेरिकामा रहेका नेपालीले पाएको टेम्प्रोरी प्रोटेक्ट स्टाटस अर्थात टिपिएस खारेज गर्ने निणर्य भयो। विश्वका डेढ दर्जन टिपिएस पाउने मुलुकमध्ये सबैभन्दा छोटो समयमा नेपालीलाई दिएको टिपिएस खारेज गर्ने निर्णय त्यसैको प्रभाव भएको कुटनीतिज्ञहरुले बताउने गरेका छन। हाल टिपिएसको अवस्था अदालतमा विचारधिन छ। कुटनीतिमा होस पुर्याउन नसक्दा त्यसले पुर्याउने असरहरु तत्काल साना देखिएपनि हामी जस्ता साना र अविकसित मुलुकका लागि भारी पर्नेछ। कुनै पनि दुई देशहरुबीचको कुटनीतिक सम्बन्धको असर एकै दिन वा रातारात पर्दैन र्दिघकालीन रुपमा पर्दछ।

अमेरिकाले लामो समयको अन्तरालमा नेपालका परराष्ट्रमन्त्रीलाई आमन्त्रण गर्यो। यो दुई देशबीचको सम्वन्धको लागि महत्वपूर्ण विषय थियो। गत २०१८ को डिसेम्बरको तेस्रो हप्ता नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अमेरिकाको भ्रमण गर्नु अघि भनेका थिए अमेरिकाले नेपाललाई भारतको चश्माले नहेरोस् भन्न गइरहेछु। तर परराष्ट्रमन्त्रीको अमेरिका भ्रमणको अन्त्यमा अमेरिकाले त्यसको ठीक उल्टो भन्यो। नेपाल अमेरिकाको भारत प्रशान्त क्षेत्रीय रणनीति ९इन्डो प्यासिफिक स्ट्र्याटेजी को अङ्ग हो र अझ यस रणनीतिमा नेपालको महत्पूर्ण स्थान छ। अनि नेपालका परराष्ट्रमन्त्रीले नेपाल आएपछि यसको खण्डन गर्नुभयो र नेपाल कसैको रणनीतिको अङ्ग हुन सक्तैन भनेर।अमेरिकाबाट नेपालका लागि आउने सहयोगको लेखाजोखा गर्न कठिन छ। किनकी विभिन्न फरक विषयमा नेपाल भित्रिने निरन्तर सहयोग रकम र हाल आएर विशेष प्रकारको अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट अन्तर्गत पाँच वर्षमा नेपालको ऊर्जाक्षेत्र,क्षेत्रीय ऊर्जासञ्जालमा सुधार र परिवहनमा हुने खर्चमा नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले ५० करोड अमेरिकी डलर सहायता छुट्ट्याएको छ। यसले नेपालमा आर्थिक वृद्धि, निजी क्षेत्रमा लागानी र रोजगारीका अवसर पैदा गर्न सहयोग मात्रै पुर्याएको छैन उपल्लो स्तरको सूचना र प्रविधिलाई भित्र्याएको छ।कूटनीतिमा ठूला राष्ट्रहरु एक्लै हिँडेका हुँदैन। उसका धेरै मित्र राष्ट्रहरू हुन्छन् र अन्तर्राष्ट्रिय संस्था र संगठन तिनीहरू मार्फत पनि प्रभावित हुन्छन्। त्यसैले कुटनीतिलाई पार्टीको भातृ संगठन चलाएजस्तो गर्ने राजनीतिक दलहरुको अपरिपक्व व्यवहारले नेपालको कुटनीतिक संरचना क्रमश खराव सुचांकमा परिणत हुँदै गएको छ। नेपाली भुगोल र ईतिहास सुहाउँदो कुटनीतिक सम्बन्ध नै अहिलेको मुलुकको हितमा छ। अमेरिका नेपाल सम्बन्धको सात दशकलाई केलाएर उसको निरन्तर प्राप्त सहयोगलाई कति सदुपयोग कति दुरुपयोग भयो या अबको दिनका कसरी सम्बन्धका नयाँ आयाम बनाउने तर्फ ध्यान दिएर विगतका कमीकमजोरीलाई सुधार गर्दै लैजानुको कुनै विकल्प देखिन्न।