प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कंदै

प्रकाशित मिति:

काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको स्वास्थ्य उपचारपछि आज ९शुक्रबार० स्वदेश फर्कंदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली आज मध्याह्न स्वदेश फर्कनुहुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो ।मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उहाँ गत भदौ ५ गते त्यसतर्फ गएका थिए।प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिङ्गापुर पुग्नुभएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमसमेत सँगै फर्कनुहुने छ । प्रधानमन्त्री ओलीका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत हुनुहुन्छ ।