आज बिहा‍नैदेखि देशभर वर्षा

प्रकाशित मिति:

काठमाडौँ –आज  बिहानैदेखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंसिकदेखि सामान्य बदली भई मध्य र पश्चिम भूभागका अधिकांश ठाउँमा दिनभर हल्कादेखि मध्यम वर्षा हुनेछ ।

काठमाडौंमा बिहानैदेखिको वर्षा जारी छ । सँधै खण्डवृष्टि हुने काठमाडौं उपत्यकामा आजबिहानैदेखि सबैतिर पानी पर्दा नदीमा पानीको बहाब बढेको छ भने सडकमा पानी जम्म थालेको छ ।देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित वर्षाका साथै मध्य र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसको प्रभावले पहाडि भु भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।