ई बैंकिङ असुरक्षित बन्दै, साइबर सुरक्षामा लगानी न्युन

प्रकाशित मिति:

काठमाडौँ –बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रवेशद्वारमा हतियारसहितका सुरक्षागार्ड बाक्लै रुपमा उपस्थिति हुन्छन्। तर, तिनै गार्डले चाल नपाउने गरी नगद चोरी भएको घटना अनौठो र अपत्यारिलो बन्दै छन्।

सूचना प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा राखिएको नगद चोरी भएको घटना नौलो नभए पनि कतिपय अब्बल र इमान्दार बैंकर्स तथा सुरक्षा गार्डका लागि भने यस्तो घटना अनौठो र अपत्यारिलो बन्ने गरेका छन्।बबरमहलस्थित प्रभु बैंकको मुख्यालयमा खटिएका एक सुरक्षागार्डले आश्चार्य मान्दै भने, ‘हाकिमले नै थाह नपाउने गरी चोरी हुँदो रहेछ, हामी त सामान्य कर्मचारी ९सुरक्षागार्ड०।’ बैंक तथा वित्तीय संस्थाका लागि ‘ह्याकर’ ठूलो अपराधी भन्नेमा ती सुरक्षागार्ड विश्वस्त छन्।तर, बैकर्सहरू भने यो समस्याप्रति गम्भीर तथा सचेत देखिँदैन, नेपाल प्रहरीको साइबरक्राइम अनुसन्धानकर्ता प्रहरी नायब उपरीक्षक पशुपति राय ई–बैकिङ सेवामा साइबर सुरक्षा थ्रेट विश्वकै लागि चुनौतिपूर्ण बन्दै गएको बताउँछन्। यो खबर आजको गोरखापत्रमा छ।