भूकम्पपीडित अझै छिमेकीको पिँढीमा

२० भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
38 Shares


पालुङटा- पालुङटार–६ की शोभा गुरुङ हरेक दिन सूर्य नअस्ताउँदै रातको खाना खानुहुन्छ र दुई नातिनी लिएर छिमेकीको पिँढीमा पुग्नुहुन्छ । बिहान भालेको डाँकसँगै आफ्नो घर भएको स्थान फर्कनुहुन्छ । चार वर्षअघि २०७२ सालको भूकम्प गएदेखि नै उहाँको दिनचर्या यस्तै भएको छ ।पीडामा पनि हाँसो मिसाउँदै उहाँ भन्नुहुन्छ, “के गर्नु बास छैन, त्यसैले साँझ नपर्दै दुई नातिनी च्यापेर रोधीघर हिँडेजस्तो हिँड्नुपर्छ, अर्काको छिडीँ खोज्दै । ” उहाँको घर भन्नु नै चारवटा खाबोमाथि हालेको जस्तापाताको ओत मात्र हो । जहाँ एउटा अगेना र वरपर आधा वट्टा ढिके नुन, केही बेसार र पिठो राख्ने सानो भाडो, केही थाल, कचौरा र एउटा गाग्री देखिन्छ । सँगैको छाप्रामा दुईवटा गाई बाँधिएका छन् । उहाँको एक छोरा अझै त्यही नजिकको पालमुनि नै बस्दै आउनुभएको छ । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि उहाँँको घर बनिसकेको छैन ।

भर्खरै भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनःनिर्माण परियोजनाले उहाँका लागि ढुङ्गामाटोको दुईकोठे घर बनिरहेकाले उहाँमा थोरै आशा पलाएको छ । परियोजनाले उहाँका लागि ढुङ्गामाटोको गाह्रोलाई तारजालीले बाँधेर भूकम्प प्रतिरोधी घर निर्माण गर्दै छ ।परियोजनाअन्तर्गतका सामुदायिक परिचालक दयाराम लामिछाने, आवास निर्माण साथी नरबहादुर अम्गाई दिनरात खटिनुभएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ