कस्तो अचम्म, ७३ वर्षको उमेरमा बच्चा, त्यो पनि जुम्ल्याहा

२० भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
249 Shares


एजेन्सी – कस्तो अचम्म, ७३ वर्षको उमेरमा बच्चा, त्यो पनि जुम्ल्याहा १ यो अनौठो घटना हालै भारतको आन्ध्र प्रदेशमा घटेको छ । त्यहाँको गुटुर जिल्लाकी एक ७३ वर्षीया वृद्धाले जुम्ल्याहा बालिकालाई जन्म दिएकी छिन् ।बुधबार स्थानीय एक अस्पतालमा ती महिलाले जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । यरामती मंगायम्मा नामकी उनको उमेर ७३ वर्ष रहेको अस्पतालले समेत पुष्टि गरेको छ ।सिजरिड गरेर दुवै बच्चालाई सकुसल जन्म दिएको अस्पतालले जानकारी दिएको छ ।उनको शल्यक्रिया गेरेकी डाक्टर उमा शंकरले अपरेशन गरी दुवै बालिकालाई सकुशल जन्मदिन सफल भएको बताए । बिबिसीका अनुसार -डा उमा शङ्करले भनेकी छन्, ‘आमा र दुवै बच्चाको स्वास्थ्य सामान्य छ । शिशुहरूलाई २१ दिनसम्म चिकित्सकको निगरानीमै राखिनेछ ।

यस घटना लगत्तै जुम्ल्याह बच्चालाई जन्म दिने सबैभन्दा वृद्ध महिलाको विश्व रेकर्डमा यरामतीको नाम दर्ज हुने भएको छ । यसअघि स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाममा यो रेकर्ड थियो । लाराले सन २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।जुम्ल्याहा बच्चा जन्माएपछि मङ्गायम्माको खुसीको सीमा रहेन । उनले भनेकी छिन्, ‘मानिसहरूले मलाई बाँझी भनेर हेला गर्थे, मैले धेरै पीडा झेलेकी छु । अतः मैले बच्चा जन्माउने निर्णय गरेँ र सफल पनि भएँ । मेरो जीवनको यो सबैभन्दा खुसीको क्षण हो ।हुन त बिहे गरेको लामो समयसम्म उनको कोखबाट बच्चा जन्मन सकेको थिएन । श्रीमान् एरामती सीताराम राजारावसँग उनको बिहे सन् १९६२ को मार्च २२ तारिखमा भएको बताइएको छ । सन्तान जन्माउन उनीहरूले धेरै ठाउँमा उपचार गराएका थिए तर आखिरी क्षणमा उनीहरुले डाक्टरकै निगरानीमा रहेर बच्चा जन्माउन सफल भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया