एसिड प्रहार भएकी छात्राको वीरगञ्जमा उपचार हुन सकेन, काठमाडौं पठाइयाे

प्रकाशित मिति:

पर्सा – एसिड प्रहार भएकी छात्राको वीरगञ्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएकाे छ । वीरगञ्ज महानगरपालिका १ छपकैयाकी १५ वर्षिया मुस्कान खातुनमाथि शुक्रबार बिहान एसिड प्रहार भएको थियाे । नारायणी उपक्षेत्रीय अस्पतालले उनकाे उपचार संभव नभएछि थप उपचारका लागि काठमाडौं पठाएकाे हाे । घरबाट स्कुल जाँदै गरेकी खातुनमाथि गणेशमान चोकमा करिब ६ बजे दुईजना दुई युवाले एसिड प्रहार गरेका हुन् । एसिड प्रहार भएकी छात्रको अवस्था गम्भीर रहेको छ ।

त्रिभुवन हनुमान माविमा अध्ययनरत मुस्कानको एसिड प्रहारबाट शरीरको एक साइटको भाग पुरै जलेको छ । मुस्कानलाई एसिड प्रहार गर्ने स्थानीय संसाद मिया र माजिद आलम रहेको प्रहरीले जनाएको छ । १६ वर्षका ती दुई युवकले मुस्कानको छाति, हात र मुखमा एसिड प्रहार गरेका थिए । एसिड प्रहार गर्ने मुख्य व्यक्ति संसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मजिदको खोजी भइरहेको प्रहरीले जनाएको छ छात्रकी माइजु रियाना खातुनका अनुसार घटनामा संलग्न दुबै चिनजानकै र छिमेकी हुन् । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।