तिलोत्तमा ७ का वडाअध्यक्ष पाण्डेले आफनो तलव ११ र १२ पढने छात्राको पढाईमा खर्च गर्ने

प्रकाशित मिति:

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले शिक्षामा बिशेष जोड दिएको छ । जनप्रतिनिधि वहाली भएसंगै शिक्षा केन्द्रित अभियानात्मक कार्यक्रम सुरु गरेको नगरपालिकामा अहिले जनप्रतिनिधिहरुले एक पछी अर्को गर्दै शिक्षामा लगानी गर्ने घोषणा गरीरहेका छन । सामुदायिक बिद्यालयमा खाजा कार्यक्रम, रंग रोगन र बिद्युतिय हाजिरी सहित पुर्वाधार बिकासमा नगरपालिकाले बजेट बिनियोजन गरेको छ । त्यसलाई बल पुग्ने गरी नगरप्रमुख बासुदेव घिमिरेले आफनो पारिश्रमिक, भत्ता सामुदायिक बिद्यालयका बिपन्न जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति बितरण गर्ने घोषणा गरी पहिलो चरणमा हस्तान्तरण गरीसक्नु भएको छ ।
अस्ति मात्रै वडा नम्वर ९ का वडाअध्यक्ष नारायण न्यौपानेले जनप्रतिनिधिका रुपमा आफुले प्राप्त गर्ने सबै रकम आफनै वडाका बिद्यालयमा लगाउने बताउनु भएको थियो ।
यसैबिच
तिलोत्तमा नगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष दुर्गा प्रसाद पाण्डेले जनप्रतिनिधिका रुपमा आफुले प्राप्त गर्ने रकम छात्राको पढाईमा लगाउनु हुने भएको छ ।
आज लगन मिडिया प्रा लि संगको कुराकानीमा अध्यक्ष पाण्डेले आफनो भत्ता वडाका कक्षा ११ र १२ मा पढने छात्राहरुको पढाईमा लगाउने बताउनु भयो ।
उहाले भन्नुभयो अहिले कक्षा ११ र १२ मा पढने वडाका छात्राहरुको तत्थ्याकं संकलन गरीरहेको छु तत्थ्याकं पुरै आएपछी उनीहरुको बिद्यालय शुल्क र उनीहरुलाई बिद्यालयसम्म पुग्न सजिलोका लागि साइकल किनिदिने छु ।
बिकासका लागि आर्थिक सहयोग गर्दै आउनु भएको थियो । रुपन्देहीको प्रबिधि बिज्ञको पहिचान बनाउनु भएका पाण्डेलाई नगरपालिकाले कर समितिको संयोजक समेत बनाएको छ । पाण्डे स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित हुनु भएको थियो व्यवसायीक पृष्ठभुमिका पाण्डेले नगरपालिकाको जनप्रतिनिधि नहुदा पनि बिभिन्न क्षेत्रको ।