जिम्बावेका पूर्वराष्ट्रपति मुगावेको उपचारकै क्रममा सिंगापुरमा निधन

प्रकाशित मिति:

एजेन्सी – करिब चार दशक जिम्बावेको शासन हाँकेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको ९५ बर्षमा निधन भएको छ। सिंगापुरमा उपचार गराइरहेका मुगावेको शुक्रबार बिहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। लामो समयदेखि सिंगापुरमा उपचार गराइरहेका मुगावेको उपचारका क्रममा निधन भएको हो।

सन् १९८७ देखि २०१७ सम्म जिम्बावेका राष्ट्रपति बनेका मुगावे त्यसअघि सन् १९८० देखि १९८७ सम्म प्रधानमन्त्री थिए। जिम्बाबे स्वतन्त्र भएपछिको पहिलो चुनाबमा जितेर उनी सन् १९८० मा प्रधानमन्त्री भएका थिए। सन् २०१७ मा भएको सैन्य ‘कू’ पछि उनी सत्ताबाट बाहिरिएका थिए। जिम्बाबेको जन्म सन् १९२४ मा भएको थियो। राष्ट्रपति कार्यालयमा ‘टाइपिस्ट’ काम गर्ने ग्रेससंग मुगावेको विवाह सन् १९९६ मा भएको थियो। उनीहरूका तीन सन्तान छन्।