साईकल चलाएर अस्पताल पुगीन् गर्भवती मन्त्री

प्रकाशित मिति:

एजेन्सी वेलिङ्टन — न्यूजिल्यान्डकी गर्भवती महिला मन्त्री जुली आन गेन्टर बच्चा जन्माउन आफैं साइकल चलाएर अस्पताल पुगेकी छन् । साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी हुन् । पहिलो प्रसुतीको लागि उनी साइकलमै अस्पताल पुगेकी थिइन् । मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन साइकलको तस्वीर सहित सामाजिक सञ्जालमा उनले लेखेकी छन् ।

गेन्टर अहिले ४२ हप्ताकी गर्भवती छन् । उनले महिला मन्त्रीको कार्यभार मात्र नभई यातायात मन्त्रालयको समेत कार्यभार सम्हाली रहेकी छन् । उनी दिगो यात्राका अभियन्ता पनि हुन् ।

उनको ग्रीन पार्टीकी एकजना प्रवक्ताले सोमबार साँझसम्म पनि बच्चा नजन्मिएको र उनी बच्चाको प्रतिक्षामा रहेको बताएका छन् ।

यो घटना गत जुनमा मात्र न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेन प्रसूति बिदापछि नियमित काममा फर्केको केही हप्तापछि नै भएको छ ।

गत वर्ष निर्वाचित आर्डेन पदमै रहँदा बच्चा जन्माउने विश्वमै दोस्रो वरिष्ठ कार्यकारी भएको थियो । विगतमा सन् १९९० मा पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोले पदमै रहँदा बच्चा जन्माएकी थिइन् ।