ओली स्वदेश फर्किँदा आकाशमा ‘ट्राफिक जाम’, रवीन्द्र मिश्रले पोखे विमान भित्रैबाट पीडा

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो उपचार पछि शुक्रबार मध्याह्न काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न १२ः३० बजेतिर काठमाडौं आइपुगेका हुन् । सामान्यतः राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश जाँदा र विदेशबाट फर्किँदा नेपाली सेनाले विमानस्थलमै सलामी दिने चलन छ । तर, प्रधानमन्त्री ओलीले उपचारबाट फर्किदा भने सेनाको सलामी लिएनन् ।

यसअघि हुँदै आएको पत्रकार सम्मेलन पनि प्रधानमन्त्री ओली उपचार गरेर आउँदा भएन । तर, प्रधानमन्त्रीको विमान काठमाडौंमा अवतरण गर्दा हुने ‘एयर ट्राफिक जाम’ भने हटेन । शुक्रबार पनि ओलीको विमान काठमाडौंमा ल्याण्ड हुनुभन्दा १ घण्टा अगाडिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै उडान तथा अवतरण ठप्प पारिएको थियो ।

प्रधानमन्त्री ओली स्वदेश आउँदा भएको एयर ट्राफिक जामको मारमा शुक्रबार साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि परे । काठमाडौंबाट विराटनगरका लागि विमान चढेका मिश्रले १ घण्टादेखि विमानमै बस्नु परेको आक्रोश सामाजिक सञ्जाल ट्वीटरमा पोखेका छन् । शुक्रबार मध्याह्न १२ः१० बजेतिर अपलोड भएको ट्वीटर सन्देशमा मिश्रले भनेका छन्–