बुटवल पछी काठमाडौंमा पुग्यो पाण्डेको कुकर कफी

प्रकाशित मिति:

सुजन न्यौपाने / गुल्मी – राजधानी काठमाडौंको बागबजारमा एउटा अनौठो कुकर छ, हेरिरहदा कुकरमा भात, दाल, हैन कफी पाकिरहेको हुन्छ । र, सिठी सुइययययय सुुइयययययय बजिरहेको हुन्छ । यसरी कफी पाक्न कुकरले सिठी बजाउने ठाउँ हो बागबजारस्थित काठमाडौ मोडल अस्पतालको अगाडि रहेको थ्रि ब्रदर्श फाष्ट फुड एण्ड रेष्टुरेण्ट । केही समयअघि निकै चर्चा कमाएको कुकर कफी अहिले उक्त रेष्टुरेण्टले शुरु गरेको रेष्टुरेण्ट संञ्चालक शिबदेब पाण्डेले जानकारी दिनुभएको छ ।

बुटबलमा शुरु हुँदा देशभर निकै चर्चाको विषय बनेको थियो कुकर कफी, कुकर कफी निकै चर्चित बनेपनि धेरैले यसको स्वाद लिन सकेका छैनन । त्यही उत्सुकतालाई मेटाउन आफुले कुकर कफी राजधानीमा शुरुवात गरेको बताउँछन् शिबदेब पाण्डे । बागबजारस्थित उक्त रेष्टुरेण्टपछि काठमाडौका विभिन्न ठाउँमा कुकर कफीको सञ्जाल फैलाउने सोचमा छौ भन्छन पाण्डे । कुकर कफी कुकरमा जम्मा भएको बाफले उमालेर तयार गरिन्छ । निरन्तर खाएको कफीलाई आगोले पकाइन्छ भने कुकर कफी कुकरमा जम्मा भएको बाफ धाराबाट बाहिर निकालेर तयार गरिन्छ ।