कोरियामा ‘नो ब्रा मुभमेन्ट’

प्रकाशित मिति:

बुटवल – दक्षिण कोरियामा अहिले ‘नो ब्रा मुभमेन्ट’ चलिरहेको छ । यो अभियान स्थानीय महिलाले #Nobra का साथ सामाजिक सञ्जालमा चलाएका हुन् । महिलाहरुले ब्रा नलगाएका तस्बिर खिचेर सामाजिक सञ्जालमा प्रस्तुत गर्ने होड चलेको छ । यो अभियानको शुरुवात कहाँबाट र किन भइरहेको छ ? यसको शुरुवात दक्षिण कोरियाकी गायिका तथा अभिनेत्री सुलीले आफ्नो इन्स्ट्राग्राममा ब्रा नलगाई खिचेको फोटो सार्वजनिक गरेपछि भएको हो । इन्स्ट्राग्राममा उनका लाखौं फलोअर छन् । हेर्दाहेर्दै यो तस्बिर भाइरल भयो । त्यसपछि सुली दक्षिण कोरियामा ब्रा मुक्त अभियानकी प्रतीक बनेकी छन् । यो अभियानमार्फत् दक्षिण कोरियाका महिलाले ब्रा लाउने वा नलाउने भन्ने विषय महिलाको निजी अधिकारको कुरा भएको सन्देश दिइरहेका छन् । यो अभियानमा धेरैले सुलीको पक्षमा मत जाहेर गरेका छन् भने कतिपयले आलोचना पनि गरेका छन् ।

यो मामिलामा महिला र पुरुष दुवै सामेल छन् । कतिपयले यसलाई सस्तो लोकप्रियताको नाम दिएका छन् । कतिपयले भने सुलीले महिलाको आन्दोलनलाई आफ्नो हैसियत बढाउने उपायका रुपमा अघि बढाइरहेको जनाएका छन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन, ‘म सम्झन्छु कि ब्रा लगाउने वा नलगाउने भन्ने कुरा निजी मामिला हो । तर, सधैं टाइट तथा फिट सर्टमा बिना ब्राको फोटो खिचाउनु राम्रो होइन ।’ अर्को एक पोस्टमा लेखिएको छ, ‘‘ब्रा पहिरिनु वा नपहिरिनुलाई लिएर हामी आरोप लगाउँदैनौं । हामी तपाईंलाई बताइरहेका छौं कि तपाईंले आफ्नो स्तन छोप्नु जरुरी छ । ’’ कतिपयले सुलीलाई निशाना बनाउँदै लेखेका छन, ‘तिमीलाई लाज लाग्नुपर्ने हो । के तिमी यस हालतमा चर्चमा जान सक्छेऊ, के तिमी आफ्नो बहिनीको पतिसँग वा आफ्नो सासु ससुरासँग यो हालतमा मिल्न सक्छौं । पुरुष मात्रै होइन, महिला पनि असहज महसुस गर्दछन् ।’ हालै एक हाइप्रोफाइल सिंगर व्हासाको बिना ब्राको फोटोले यो अभियानलाई अर्को झड्का दिएको छ ।

हालै हङकङबाट फर्किने क्रममा सुलीले बिना ब्राको सफेद टिसर्ट लगाएकी थिइन् । उनको सोही तस्बिर भाइरल भएको हो । यो तस्बिरपछि दक्षिण कोरियाका सबै महिलाको लागि यो एक अभियान बनेको छ । यसैगरी दक्षिण कोरियामा महिलालाई घुरेर पुरुषले हेरेको पनि मन पराइँदैन । सो समाजमा पुरुषको दबदबा, यौन हिंसा र लुकेर महिलालाई हेर्ने गतिविधिका विरुद्धमा पनि अभियान चलिरहेको छ । दक्षिण कोरियामा धेरै सार्वजनिक स्थानमा जस्तो– होटलको कोठा, बाथरुम र शौचालयमा क्यामेरा लुकाएर राखेको अवस्थामा पाइने गरेको छ । ताकि महिलाका गोप्य गतिविधि क्यामेरामा छिपाएर देखाउन सकियोस् । पुरुष लुकेर महिलालाई हेर्नु महिलाको निजी स्वतन्त्रताको हनन् भएको महिलाहरुले बताइरहेका छन् । दक्षिण कोरियामा महिलाले यस्ता गतिविधिका विरुद्धमा आवाज उठाइरहेका छन् । सन् २०१८ मा यसबारे दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो महिला अभियान चलेको थियो । त्यतिबेला दशौं हजार महिला सडकमा उत्रेर खुफिया क्यामेरामा रोक लगाउने माग गरेका थिए । धेरै महिलाहरुले ब्रा नलगाउने अभियानको आफूहरु समर्थनमा रहेको जनाएका छन् । दक्षिण कोरियामा महिलालाई घुरेर हेर्ने कामलाई ‘गेज रेप’ भन्ने गरिएको छ ।

ब्रा नलाउनु ठीक हो ? अष्ट्रेलियाको वोनगोंग युनिभर्सिटीका डा डेड्रे मैक्घी महिलालाई यो विषयमा निर्णय गर्ने अधिकार रहेको बताउँछिन् । तर स्तन भारी भएको अवस्थामा सहाराका लागि जरुरत पर्ने उनको भनाइ छ । यसको असर गर्दन र पिठमा पनि पर्न सक्ने उनको भनाइ छ । अहिले मात्रै होइन, सन् १९६८मा पनि मिस अमेरिका ब्युटी कन्टेस्टको क्रममा महिलावादीले ब्रा जलाएर विरोध जनाएका थिए । प्रदर्शनको क्रममा महिलाले डस्टबिनमा ब्रा फालेका थिए । यसै वर्षको जुन महिनामा स्वीट्जरल्याण्डमा पनि आफ्नो तलब बढाउनुपर्ने माग गर्दै महिलाहरुले सडकमा प्रदर्शन गर्दै ब्रा जलाएका थिए । ब्रेस्ट क्यान्सरको विरुद्धमा अक्टोबर १३ का दिन विश्वभरी ‘नो ब्रा डे’का रुपमा समेत मनाउने गरिएको छ । तर अघिल्लो वर्ष फिलिपिन्सका महिलाले यो दिनलाई लैंगिक समानताको अधिकार माग्ने दिनका रुपमा मनाउन थालेका थिए ।