कक्षा १२ को रिटोटलिङ्गको नतिजा प्रकाशित (नतिजा सहित)

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को रिटोटलिङ्गको नतिजा सार्वजनिक गरको छ ।राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७६ सालमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका निम्नानुसारका सिम्बोल नम्बर भएका परीक्षार्थीहरुको पुनर्योगको नतिजा प्रकाशित गरिएको हो ।

परिवर्तित ग्रेडसिट/मार्कसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन पश्चात् सक्कल ग्रेडसिट/मार्कसिट सहित कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । साथै नतिजा चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र तोकिएको शुल्क (प्रति विषय रु २,०००) बुझाई परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा निवेदन पेश गर्न सकिने छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् !