देवरले भाउजुको टाउकोमा मुङ्ग्रो प्रहार

प्रकाशित मिति:

झापा – झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा बिहान देवरले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन् ।

घरायसी विवादमा नाताले देवर पर्ने २४ वर्षीय विक्रम चौधरीले शर्मिलाको टाउकोमा काठको मुङ्ग्रो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विक्रम फरार रहेकाले खोजीकार्य भइरहेको छ । प्रहरीका अनुसार शर्मिलाको उपचार धुलाबारीस्थित रोशन मेडिकलमा भइरहेको छ ।

थप समाचार