सिधा कुराका प्रोड्युसर बोहरा र श्रेष्ठको टेलिफोन वार्ता लिक (टेलिफोन कुरासहित)

प्रकाशित मिति:

काठमाडौं – प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र रवि लामिछानेले सञ्चालन गर्ने ‘सिधा कुरा जनतासँग’का प्रोड्युसर दीपक बोहराबीच भएको टेलिफोन कुराकानी बाहिरिएको छ । कुराकानीमा श्रेष्ठले प्रोड्युसर दीपक बोहराको निकै झाँको झारेको सुनिएको छ । वार्तामा श्रेष्ठले भनेका छन्, ‘‘मैले चाहेमा तपाईंहरुलाई मिनेटमै सिध्याउन सक्छु तर म त्यो गर्दैन ।’’ श्रेष्ठले आफू रवि लामिछानेको शुभेच्छुक नै भएको बताउँदै भनेका छन्, ‘‘अनावश्यक पंगा नलिनुस् । आचारसंहितामा बस्नुस् । सिद्धान्तमा बस्नुस् । गरेर खानुस् । मेहनत गर्नुस् भनेको हो कि होइन ? मैले कोडअफ कन्डक्ट हेर्ने हो । अमेरिका छोडेर नेपाल आएर प्रेसपास लिनुस् पहिले नै भनेको हो कि होइन ?’’ अध्यक्ष श्रेष्ठले ‘‘तपाईं रविको कुरा नगर्नुस् । आफ्नो कुरा गर्नुस । रविलाई कहाँ कसरी ठेगान लगाउनुपर्छ वा उकास्नुपर्छ ? त्यो त मलाई थाहा छ’’, भनेको वार्तामा सुनिएको छ । कार्यवाहक अध्यक्ष श्रेष्ठले बारम्बार अनभेरिफाइड स्टोरी कसैले पनि प्रकाशन वा प्रसारण गर्न नहुने सुझाएका छन् ।

आफ्नो रातो पासपोर्ट प्रकरणको कुरा उठाउँदै सोधेका छन्, ‘‘रातो पासपोर्टको बारेमा मसँग बुझ्नु भो, मलाई सोध्नु भो ?’’ श्रेष्ठले अनावश्यक हिरो हुन खोज्नु जरुरी छैन भन्दै कार्यक्रम प्रोड्युसरको नाताले त्यसको जवाफदेही बोहरा पनि हुनुपर्ने उल्लेख गरेका छन् । श्रेष्ठले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पर्दापछाडिको भूमिका आफूलाई राम्रैसँग थाहा भएको बताउँदै भनेका छन्, ‘‘तपाईंहरुले गरेका सबै तथ्य मसँग छ । हावाहुण्डरीको पछि लागेको भदै भएन । तपाईंका गतिविधि र धन्दाहरु मलाई थाहा छ नि । रवि लामिछानेजस्तो फटिचरलाई उकास्ने ?’’ बाँकी कुराकानी सुन्नुहोस् । – ई-हुलाकी