शेयर बजारमा यो साता नेप्से घट्यो, कारोबार बढ्यो

प्रकाशित मिति:

काठमाडौं – शेयर बजारमा यो साता परिसूचक नेप्सेमा उतारचढाव देखियो । १ हजार १ सय ९६ अंकमा खुलेको बजारमा २६ अंकले घटेर फेरी २१ अंकले बढेको छ । साताको २ दिन लगानीकर्ताले कारोबार बढाउँदा परिसूचकमा केही वृद्धि भएपनि समग्रमा नेप्से घटेको छ । यो साता शेयर बाजरमा परिसूचक नेप्से ५ दशमलव ३५ अंकले घटेर १ हजार १ सय ९१ अंकमा बन्द भएको छ । साताभर नेप्सेमा उच्च उतारचढाव देखिएको छ । १ हजार १ सय ९६ दशमलव ४२ अंकमा खुलेको नेप्से २६ अंकले घटेर फेरी २१ अंकले बढेको छ । जसले गर्दा धेरै लगानीकर्ताले गुमाएका छन् । कारोबार रकम भने यो साता केही बढेको छ । यो साता १ अर्ब ९४ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेप्से सूचक अत्याधिक घटेको भन्दै लगानीकर्ताले कारोबार बढाउँदा मंगलबार र बुधबार परिसूचक नेप्से बढेको थियो । तर सातामा तीन दिन नेप्से घट्दा समग्रमा ऋणात्मक देखिएको हो । यो साता माछापुच्छ«े बैंकको शेयर कारोबार सबैभन्दा धेरै ११ करोड २ लाख रुपैयाँको भएको छ । परिसूचकमा गिरावट आएपछि लगानीकर्ताले शेयर खरिद घटाउँदा नेप्से थप दवावमा परेको छ । तर यो साता केही नयाँ र ठुला लगानीकर्ता कारोबार गर्दा उच्च गिरावट हुनबाट नेप्से जोगिएको छ ।vकेही बैंकहरुले दिने लाभांश बैंकको ब्याजदर भन्दा उच्च हुने देखिएपछि पनि लगानीकर्ताको आकर्षण विस्तारै बढेको विश्लेषकहरु बताउँछन् ।