मलेसियामा सुपरभाइजरको हत्या अभियोगमा २ जना नेपाली पक्राउ

प्रकाशित मिति:

मलेसिया – आफ्नै कम्पनीका सुपरभाइजरको हत्या गरेको अभियोगमा मलेसियामा २ नेपाली पक्राउ परेका छन् । मलेसियामा कम्पनीले तलब नदिएको निहुँमा एक नेपाली सुरक्षा गार्डले हेल्टेमटले हानेर आफ्नो सुपरभाइजरको हत्या गरेको अभियोग लागेपछि पक्राउ परेका हुन् ।
गत सोमबार उनले हेल्टेमटले हानेर हत्या गरेका थिए ।

उक्त घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । तर घटना कहाँ र कहिले भएको भन्ने विषयमा मलेसिया प्रहरीले पुष्टि गरेको भने छैन ।मलेसियाली स्थानीय सञ्चार माध्यमका अनुसार सुरक्षा गार्डले तलव नपाएको निहुँमा हेल्मेटले हानेर मरणासन्न बनाएका सुपरभाइजर पछि मृतक भेटिएका थिए । मृत्य भएका सुपरभाइजर ५४ वर्षका मलेसियन नागरिक लिपोह मेङ रहेको जनाइएको छ ।