दोहोरो विवरण पेश गरी ऋण लिने व्यवसायीलाई झड्का

प्रकाशित मिति:

काठमाडौं– नेपाल राष्ट्र बैंकले ऋणका लागि दोहोरो वित्तिय विवरण बुझाउने नपाइने व्यवस्था गरेको छ । ऋणका लागि व्यवसायीले कर कार्यालयमा एउटा र बैंकमा अर्को विवरण बुझाउने क्रम बढेपछि त्यसलाई रोक्न फरक–फरक विवरण पेश गर्न नपाउने व्यवस्था केन्द्रिय बैंकले गरेको हो ।

बैंक तथा वित्तिय संस्थाले व्यावसायीक ऋण प्रवाह गर्दा आन्तरिक राजस्व विभागको एकिकृत कर प्रणालीमा ऋण लिन चाहने ऋणीले भर्नुपर्ने वित्तिय विवरणसँग सम्बन्धित सूचना र उक्त सूचनाको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य प्रविष्ट गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । बैंक तथा वित्तिय संस्थाले उक्त प्रणालीमा पहुँचका लागि आवश्यक युजरनेम र पासवर्ड तथा अन्य सुचना आफु दर्ता रहेको कर कार्यालयबाट पाउन सक्नेछन् ।