रुपन्देहीमा ४८ जनामा डेंगुको संक्रमण

२० भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
41 Shares


बुटवल – रुपन्देहीमा ४८ जनामा डेंगुको संक्रमण देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज र क्रिमसन अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगु भेटिएको हो । बिरामीको संख्या दैनिक बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए । ‘अहिलेसम्म ४८ जनामा संक्रमण देखिएको छ । समयमै सचेत नभए भयावह हुन सक्छ,’ उनले भने । केही दिनयता भाइरल ज्वरोका बिरामी बढसँगै डेंगुका बिरामी पनि देखिएका हुन् । अस्पतालमा बिरामीको अत्यधिक चाप छ ।रुपन्देहीमा ६ वर्षदेखि डेंगुका बिरामी भेटिदै आएका छन् । गतवर्ष ३८ जना मात्रै बिरामी भेटिएका थिए । अहिलेसम्म चारजनाको मृत्यु भैसकेको छ । जमेको सङ्लो पानीमा डेंगु फैलाउने लामखुट्टेले प्रजनन् प्रक्रिया गर्ने भएकाले वर्षा रोक्रिएसँगै रुपन्देहीमा पोजिटिभ बिरामी भेटिएका हुन् ।लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका मेडिकल सुपरिटेन्डन डा। कृष्ण खनालले अस्पतालमा बिरामीको संख्या दैनिक बढिरहेको बताए ।

स्वास्थ्य कार्यालयले रोग फैलाउने लामखुट्टे मार्नका लागि अभियान थालेको छ । त्यसका लागि प्रहरीको सहयोग मागिएको प्रमुख गिरीले बताए ।बुटवल क्षेत्रका बिरामीमा बढी संक्रमण देखिएको हो । डेंगु परीक्षण गर्ने किटको अभाव छ । स्वास्थ्य प्रमुख गिरीले केन्ऽबाट कम मात्रामा किट आएकाले बिरामीको चाप बढे उपचारमा कठिनाइ हुने बताए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज भैरहवा र क्रिमसन अस्पताल मणिग्राममा डेंगुको परीक्षण हुन्छ ।तीन दिनको लगातार ज्वरो, प्लेटलेसको मात्रा एक लाखभन्दा कम र डब्लुबिसीको संख्या ४ हजारभन्दा कम भयो भने किट प्रयोग गरेर डेंगुको निक्र्यौल गरिन्छ ।

ज्वरो आइहालेमा कुनै औषधि नखाइ अस्पतालमा परीक्षणका लागि आउन चिकित्सकले अपील गरेका छन् ।सावधानी अपनाए डेंगुको संक्रमण नहुने भन्दै घर वरिपरि सफा राख्न आग्रह गरेका छन् । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो । लामखुट्टेको लार्भा हुर्कने स्थान नष्ट गरे बच्न सकिने डा। गिरीले बताए । वर्षाको पानी जम्ने टीनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टतिेलका खाली ड्रमहरू, फुलदानी, गमलामा यसले फुल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन उनले आग्रह गरे । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने भएकाले शरीर ढाकिने कपडा लगाउन उनको सुझाव छ । पछिल्लो समय मुलुकका झन्डै ४२ जिल्लामा डेंगु संक्रमण फैलिइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • के छ विष्णु पुराण अध्यायमा
  • पुरुषको जीवमा यी लक्षण भएका स्त्रीसंग विवाह गर्दा भाग्य चम्कने
  • व्रत बस्नुका के के छन् फाइदा
  • आफै कार्यसूचीबाट प्रस्ताव हटाएर कांग्रेसलाई आरोपीत गर्ने विषय गम्भीर छ…
  • कांग्रेस नेता भण्डारीद्वारा कुवेतमा रहेकी सुत्केरी महिलालाई ५० हजार आर्थिक…
  • भारतले नेपाल र चीनसँग परिस्थिति बिगारिरहेको पाकीस्तानका प्रमको दाबी
  • नेपाल मेडिकल कलेजका २ डाक्टर माथी कुटपीट
  • कांग्रेस प्रवक्ताले भने – प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा…
  • कोरोना भाईरसवाट निको भएर घर फर्कीए १८३ नेपाली
  • एनआरएनए अमेरिकाको नवौँ साधारण सभा डिजिटल अनलाईन हुने ।