उनी लक्का जवानमा प्रहरीको पोशाकमा

२० भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
120 Shares


अभिनेत्री वर्षा शिवाकोटी अहिले चलचित्र ‘लक्का जवान ’को सुटिङमा व्यस्त छिन् । केही दिनदेखि काभ्रेमा चलचित्रको छायांकन भइरहेको छ। चलचित्रको छायांकन सेटबाट वर्षाले विभिन्न तस्वीर सार्वजनिक गर्दै आइरहेकी छिन् । हरेक दिनको सुटिङ तस्विर उनले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी हुन्छिन् ।यस्तैमा वर्षाले आफ्नो भूमिका खुल्ने एक तस्वीर सार्वजनिक गरेकी छिन् । जहाँ उनी प्रहरीको पोशाकमा देखिएकी छिन् । यसै तस्वीरबाट पनि वर्षा चलचित्रमा प्रहरीको भूमिकामा भएको प्रष्ट हुन्छ । उनले लगाएको पोशाक हेर्दा उनी इन्स्पेक्टरको भूमिकामा छिन् ।

वर्षाले पहिलो पटक प्रहरीको भूमिकामा आफूलाई प्रस्तुत गर्न लागेकी छिन् । लगातार असफलता खेप्दै आएकी वर्षा यस चलचित्रबाट निकै आशावादी छिन् । कमेडी जनरामा बन्ने यस चलचित्रले आफ्नो भविष्यलाई उकास्ने उनको विश्वास छ ।चलचित्रलाई कलाकार शिवहरि पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा किरण केसी, दीलिप रायमाझी, सलोन बस्नेत, शिवहरी पौडेल, प्रियंका कार्कीलगायतको पनि अभिनय छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ