प्रकाण्डलाई २४ घण्टाभित्र उपस्थीत गराउन सर्वोच्चको आदेश

प्रकाशित मिति:

काठमाडौं सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको छ। प्रकाण्डका भाइ वीरेन्द्र विश्वकर्माले दिएको रिटमा सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट किन जारी हुनु नपर्ने हो, त्यसको प्रमाणसहित बन्दीलाई सशरीर अदालत उपस्थित गराउन आदेश दिएको छ। यसअघि चन्दा संकलनको आरोपमा पक्राउ परेका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिट जारी गर्दै रिहा गर्न आदेश दिएको थियो। तर रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले फेरि पक्राउ गरेको थियो।