आगनमा खेलिरहेका बालकमाथि चितुवाको आक्रमण

२१ भाद्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
47 Shares


बैतडी बैतडी जिल्लाको तल्लोस्वराड श्रेत्रको शिवनाथ गाउँपालिका २ टाँडीखर्कमा चितुवाको आक्रमणबाट एक बालक बेपत्ता भएका छन् । शुक्रबार साँझ रामसिंह मडैका ७ वर्षीय छोरा सुदीप मडैलाई घरैमा आएर आक्रमण गरेर लगेकाले उक्त बच्चा हराएका हुन् ।

बालकलाई साँझ करिव ७ बजेको समयमा चितुवाले आक्रमण गरेर घरबाटै लगेको बुबा रामसिंहले बताएका छन् । साँझ आगनमा खेलिरहेको समयमा एक्कासी आक्रमण गरि चितुवाले लगेको उनले बताए । अहिलेसम्म बालकको अवस्था अज्ञात रहेको वैतडी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताएका छन् ।बालकको खोज तथा उद्धारकालागि कुस्मदघाट प्रहरी चौकिबाट आएको टोली र स्थानीयले अहिले बालकको खोजी गरिरहेको प्रहरी निरीक्षक चन्दले बताएका छन् ।चितुवाको टोकाइबाट ८ वर्षयता यो क्षेत्रमा २३ जनाको ज्यान गइसकेको छ। यो घटनापछि स्थानीय झनै त्रसित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया