दुई मगर संघको महाधिवेशनबाट नवीन थापामगर अध्यक्षमा चयन

प्रकाशित मिति:

जापानमा रहेका दुई मगर संघको एकता महाधिवेशनबाट नवीन थापामगर अध्यक्षमा चयन भएका छन् । ठूलो प्रयासपछि नेपाल मगर संघ जापान र मगर संघ जापानबीच भएको एकता महाअधिवेशनबाट थापामगरलाई अध्यक्षमा चयन गरिएको हो । फुकुओका, सिजुओका र तोचिगी केन लगायतका शहरमा रहेका मगर संघहरूको समहतिमा दुईवटा संगठनबीच एकता गरि नयाँ संगठन निर्माण गरिएको हो । एकतापछि संगठनको नाम भने नेपाल मगर संघ जापान नै हुने भएको छ ।
आगामी २ वर्षे कार्यकालको लागि गठन गरिएको १७ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पञ्च मगर, उपाध्यक्षमा रीत राना मगर, शिव थापामगर र तुल चोचगी मगर, महिला उपाध्याक्षमा दीपा पुनमगर, महासचिवमा रमेश रानामगर, सचिवमा सागर पुनमगर, कोषाध्यक्षमा मदन थापामगर, सह–कोषाध्यक्षमा मीरा दर्लामीमगर चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा भने रूस्ताम बुढामगर, बालकृष्ण रानामगर, यम थापामगर, आनन्द पुलामीमगर र राजु छन्त्यालमगर निर्विरोध चयन भएका हुन् । दुईवटा बलिया संगठनबीच एकता भएपछि संगठन अझ बलियो भएको संघले दावी गरेको छ