२०२० छनोट जर्मनी नेदरल्याण्ड्ससँग चार–दुईले पराजित

२१ भाद्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – युरो कप, २०२० छनोट खेलमा जर्मनी नेदरल्याण्ड्ससँग चार–दुईले पराजित भएको छ । गए राति भएको समूह सी को रोमाञ्चक खेलमा जर्मनी नेदरल्यान्ड्ससँग पराजित भएको हो । खेलमा जर्मनीले एक गोलको अग्रता जोगाउन सकेन ।पहिलो हाफमा जर्मनीले एक शुन्यले अघि रहेको थियो । खेलको नौ मिनेटमा नै जर्मनीका नाब्रीले गोल गरेका थिए । दोस्रो हाफमा नेदरल्यान्ड्सका डी जोङले ५९ औं मिनेटमा गोल गरे भने ६६ औं मिनेटमा जर्मनीको आत्मघाती गोलबाट डच टिमले अग्रता बनाउन सक्यो ।

जर्मनीका ताहले आत्मघाती गोल गरेका थिए । त्यसपछि ७३ औं मिनेटमा डच टिमका क्रुसले आफ्नै पोष्टमा गोल गरेपछि खेल दुई–दुईको बराबरीमा पुगेको थियो । ७९ औं मिनेटमा मलिनले फेरि डच टिमका लागि तेस्रो गोल गर्दा खेल तीन–दुईको अवस्थामा पुग्यो ।खेलको इन्जुरी समयमा नेदरल्याण्ड्सले चौथो गोल थप्यो । तर त्यसपछि जर्मनी खेलमा फर्कन सकेन र पराजित भयो । जितपछि नेदरल्याण्ड्सले तीन खेलमा ६ अंक बनाएको छ भने जर्मनीको चार खेलमा नौ अंक छ ।समूह सी को शीर्ष स्थानमा आयरल्याण्ड रहेको छ । उसले चार खेलबाट १२ अंक बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानून ल्याउँदै अमेरिका
  • आज शनिबारको राशिफल
  • थाकस र थापस द्वारा श्रद्धान्जली कार्यक्रम सम्पन्न
  • सरकारले बलत्कारी बचाएको ने.वि.संघको दाबी
  • बिपत ब्यवस्थापन समितिको समुहले पहिरो क्षेत्रको स्थलगत अनुगमन तत्काल उद्धारमा…
  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग