पाल्पामा डोजर दुर्घटना, २ जना घाइते

प्रकाशित मिति:

पाल्पा-पाल्पाको रम्भागाँउपालिका ५ ताँहु देउरालीमा जे सि बि दुर्घटना भएको छ । लु।१।क १६०७ नं।को डोजर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।विहान करिव ९ बजे तिर भएको दुर्घटनामा बाँके जिल्लाको २१ बर्षीय मधुसुदन डाँगी चालक र रुपन्देही तिलोच्चमा ९ बस्ने नारायण बुढाथोकी घाइते भएका हुन् ।

जे।सि।बि सडक बाट करिव १५ मिटर तल खसेको र चालकलाई केहि चोट देखिएको र सहचालकलाई भने सामान्य चोट देखिएकोले तानसेनको मिसन हस्पिटल लगेको स्थानीयले जानकारी गराएका छन् ।दुर्घट्ना के कति कारणले भएको खुल्न बाकी र घटनाको अनुसन्धान भै रहेको इलाका प्रहरी कार्यलय आर्यभञ्याङ पाल्पाले जनाएको छ ।