प्रविधि मैत्री बनेनन् पार्टीहरु : आधिकारिक वेवसाइट बेकामी

प्रकाशित मिति:

प्रेम पुन्थोकी  /
कुनै मास र मञ्च पाउँदा जुनसुकै पार्टीका नेताहरुका भाषण आकाशका तारा झार्ने प्रवृत्तिका हुन्छन् । तिनका गतिबिधिहरु साच्चिकै जनताको दैनिकी फेर्ने खालका हुन्छन् कि भन्ने भान त्यति बेला परेको हुन्छ , जतिबेला उनीहरुले भाषण दिइरहेका हुन्छन् । तिनका सिद्धान्त र व्यवहारको आकाश पातालको फरक चरित्रबाट कोही पनि अपरिचित छैन । के बोल्ने, के गर्ने, कहाँ जाने, कसरी जाने भन्ने कुराको जानकारी तिनी आफैमा नहोला भए कोठे बैठक र औपचारिकताको माइन्युटमा होला तर तिनका बिचार बुझ्न कि त भाषण सुन्नै जानुपर्यो , कि त संचार माध्यममा कुर्नुपर्यो , त्यसमा पनि तिनैले भन्दिन्छन् , मिडियाले कुरा बंग्याउँछ । आधिकारिकताको लागि पार्टीले दस्तावेजिकरण र परिवर्तित प्रबिधि अनुसार अपडेट हुनु पर्दैन ? एक खोज रिर्पोट  :

ठुला पार्टी महाअल्छी, कसैको छैन भएकाको अपडेट छैन

पार्टीका सभापति शेर बहादुर देउवा देखी बरिष्ठ नेता रामचन्द्र पौडेल सम्म र प्रवक्ता बिश्वप्रकाश शर्मा , नेता गगन थापा लगाउतका नेता सामाजिक संजालमा खुब सक्रिय देखिन्छन् तर पार्टीको वेवसाइट मार्फत सम्पुर्ण पार्टीलाई दस्तावेजिकरण गर्ने भनेको पार्टी नेपाली काँग्रेसको बेवसाइट http://nepalicongress.org/  सामान्य प्रेस रिलिजहरु प्रकाशन गरेको देखिए पनि वेवसाइट नाम मात्रको भएको छ । तत्कालिन माओवादी केन्द्रको आफ्नै वेवसाइट भएको देखिन्न । माओवादी केन्द्र र नेकपा (एमाले) बिचको पार्टी एकिकरण भएको लामो समय भैसक्दा समेत तत्कालिन एमालेले प्रयोग गर्दै आइरहेको पार्टीको वेवसाइट http://cpnuml.org/ मा छिट्टै ncp.org.np मार्फत आउने सुचना दिइएको छ , यसबाट स्पष्ट हुन्छ, अब नेकपाले यही डोमेन प्रयोग गर्छ तर वेवसाइटमा यो सामाग्री तयार पार्दा सम्म सबै एमाले सम्बन्धी सामाग्री मात्र संग्रहित छन् । पार्टी एकिकरण पछि नेकपा भए पछि वेवसाइट मार्फत कुनै पनि जानकारी पाउन सकने अवस्था छैन । राष्ट्रिय जनता पार्टी , संघिय समाजवादी फोरम नेपाल, को आफ्नो वेवसाइट नै छैन ।

साना केही सक्रिय

हुन त नयाँ जोगीले खरानी घँसेको हुन सक्छ धेरै वौद्धिक सर्कलहरुले नेतृत्व गरेको भनिएको पार्टी नयाँ शक्ति नेपालको वेवसाइट https://nayashaktinepal.org/  मा भने अन्य पार्टीको तुलनामा अपडेट छ । राष्ट्रिय जनमोर्चाको वेवसाइट http://www.rajamo.org/ पनि सामान्य अपडेटकै अवस्थामा देखिन्छ । आफ्ना बिचार तथा जानकारीहरुलाई प्रकाशन तथा प्रशारण मार्फत ल्याउँदै आएको नेपाल मजदुर किसान पार्टीको वेवसाइट भने http://www.nwpp.org.np भने प्रयोगमा नआइ सस्पेण्डेड अवस्थामा छ । बिबिसीबाट बाहिरिएर पार्टी संचालन गर्दै आएका पूर्व पत्रकार रबिन्द्र मिश्र लगायतको पार्टी बिवेकशिल सझा भने सामाजिक संजाल देखी वेवसाइट https://bibeksheelsajha.org/ समेत मा राम्रै जम्दै आएको छ , साझा र बिवेकशिल एक नहुँदै बिवेकशिल पार्टीले वेवसाइटबाट नियमित अभियान चलायएकोले तुलनात्मक रुपमा यो पार्टी प्रबिधिमैत्री बढि देखिन्छ । पार्टी निर्माण र संगठन बिस्तारमा तिव्र गतिमा अग्रसर देखिने पार्टी हाम्रो पार्टी नेपालले निकै आर्कषक रुपमा आफुलाई http://hamroparty.org/  वेवसाइटमा उभ्याएको छ । संसदहरुमा उपस्थिति नभएको जनजाती अभियानको पार्टीको रुपमा चिनिने जनमुक्ति पार्टीले पनि आफ्नो वेवसाइट http://janamukti.org/ चलाएको देखिन्छ तथापी नियमित अपडेटमा त्यति चासो देखाएको पाइन्न । अरु धेरै पार्टीहरु परिवर्तित संसदीय प्रणालीबाट राष्ट्रिय र क्षेत्रिय राजनीतिबाट संसद बाहिर रहेका ,नाम मात्रका (रहरले खोलिएका) र निश्चित अभियानका धेरै पार्टीहरुले सामाजिक संजाल र वेवसाइटको पहुँच भन्दा धेरै बाहिर छन् ।
चर्का भाषणमा पोख्त तर त्यसलाई दस्तावेजिकरण गर्न चासो नदेखाउने , पार्टीको आधिकारिक धारणा, गतिबिधि, इतिहास लगायतका कुराहरुबाट आम नागरिक, पार्टीको बिचारधारालाई पछ्छाउनेहरुको सामान्य जिज्ञासा मेट्नको लागि पनि सहयोग नहुने गरि पार्टी चलाउनेहरु फड्को मारेको प्रबिधिका अगाडि आफुलाई कसरी अग्रगामी सम्झने ?

हेरेर त सिके हुने नी

अन्तराष्ट्रिय अभ्यासमा धेरै देशका राजनैतिक पार्टीहरुले वेवसाइट मार्फत सुचना प्रवाह गर्ने काममा धेरै अगाडि छन् । उदाहरणका लागि : भारतीय जनता पार्टी  http://www.bjp.org/ भारतीय राष्ट्रिय काँग्रेस  https://www.inc.in/en चिनियाँ कम्युनिष्ट पार्टी अल http://english.cpc.people.com.cn/ लिवरल डेमोक्रेटिक पार्टी रसिया  https://ldpr.ru/