बढी पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा ,श्रद्धा कपुर

२१ भाद्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
107 Shares


एजेन्सी – गतसाताबाट प्रर्दशनमा आएको साउथ सुपरस्टार प्रभाष र श्रद्धा कपुर अभिनित फिल्म फिल्म ‘साहो’ले आक्रामक कारोबारलाई निरन्तरता दिएको छ। बाहुबलीमा काम गरेर विश्वविख्यात बनेका प्रभाषको यो फिल्मको समिक्षा सकारात्मक नभएपनि फिल्मले ब्यापार भने शानदार गरिरहेको छ ।प्रभाषले साहोबाट मात्रै सय करोड पारिश्रमिक लिएको यो फिल्म बलिउडमै सबैभन्दा महंगो र पारिश्रमिक पनि सर्वाधिक हो। यससँगै रजनीकान्त, शाहरुख र सलमानलाई उछिन्दै प्रभास सबैभन्दा महंगा कलाकार बनेसँगै उनको चर्चा चुलीएको छ । प्रभाषपछि श्रद्धाले पनि आफ्नो पारिश्रीमक यो फिल्मबाट ह्वत्तै बढाएकी छिन् ।

अभिनेत्री श्रद्धा कपुरले भने ७ करोड पारिश्रमिक लिएसँगै उनी पनि बढी पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा श्रद्धाले स्थान बनाएकी छिन्। फिल्ममा श्रद्धा र प्रभाषका अलावा मन्दिरा बेदी, नील नीतिन मुकेश, ज्याकी श्राफ, चंकी पाण्डेको अभियनय रहेको छ। जसमा श्रद्धा प्रहरी अधिकृत अमृता नायरको भूमिकामा शानदार रुपमा देखा परेकी छिन् । श्रद्धाको भूमिकालाई दर्शकले औधी रुचाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया