गरिमा बचत तथा ऋण सहकारी संस्थाको नवौं साधरण सभा सम्पन्न

प्रकाशित मिति:

जगिलाल थापा गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड,बुटवल९ को नवौं साधारण सभा तथा अधिबेशन सम्पन्न भएकोछ।जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले आगामी ती बर्षका लागि निबर्तमान उपाध्यक्ष कृष्ण प्रसाद देबकोटाको अध्यक्षतामा नौ सदस्य कार्य समिती निर्बाचित गरेको छ।निर्बाचित समितिको उपाध्यक्षमा रञ्जु भट्टराई,सचिबमा पुरुषोत्तम आचार्य,कोषाध्यक्षमा बोणदेब भुषाल निर्बाचित हुनु भएको छ भने सदस्याहरुमा कृष्ण प्रसाद अर्याल,छबिलाल अर्याल,बिकास श्रेष्ठ,उषा भट्टराई र बिजय गुरुङ रहनु भएको छ।

त्यस्तै सोही सभाले नगेन्द्र राय यादबको संयोजकत्वमा तीन सदस्यिय लेखा सुपरिबेक्षण समिति समेत निर्बाचित गरेको छ।जसको सदस्यमा लक्ष्मी पोख्रेल र अन्जन कुमार श्रेष्ठ रहनु भएकोछ।निर्बाचित समतिका पदाधिकारीहरुलाई शुभकामना दिदै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भट्टराईले सहकारीले शहकारीका सेयर सदस्यहरुको न्युनतम आर्थिक उपार्जनको योजनामा ऋण लगानी गरि आयाआर्जनको बाटो तयार गर्नु पर्ने बताउनु भएकोछ।शेयर सदस्यहरुमा ऋण लगानी गर्दा समितिले लिएको ऋण सहि ठाउमा उपयोग गरेको छ कि छैन भनि अनुगमन गर्न सके ऋणी शेयर सदस्यमा उत्साह थपिने बताउनु भएकोछ ।

संस्थाका अध्यक्ष बिष्णु बहादुर थापाले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको संस्थाको ७७० जना शेयर सदस्य रहेका छन भने संस्थाका कोषाध्यक्ष पुरुषोत्तम आचार्यले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।तत्कालि बुटवल धागो कारखानामा कार्यरत अवकाश भएका मजदुर तथा कर्मचारीहरुको सहकार्यमा बि।स।२०७६ सालमा स्थापना गरिएको सहकारीको शेयरपुजी १५,०१,१०००र रहेकोछ।संस्थाका अध्यक्ष बिष्णु वहादुर थापाको अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक नरेश पाण्डे,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका शाखा प्रमुख राधा पोख्रेल लगायतले सहकारीको नीति नियम र ऐन बमोजिम सहकारीलाई अगाडी बढाउनु पर्नेमा जोड दिनु भएको थियो भने शेयर सदस्यहररुको तर्फबाट रामनारायण शाह र शिस माया अर्यालले पनि बोल्नु भएको थियो।संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद देबकोटाको स्वागत तथा सचिब डोलराज शर्माले सभाको संचालन गर्नु भएको थियो।