वडा अध्यक्ष न्यौपाने द्धारा विद्यार्थीहरुलाई जुत्ता बितरण

प्रकाशित मिति:

मङ्गलापुर स्थित गौतम बुद्ध आदर्श शिशु सदन आधारभुत बिद्यालयमा आज एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई जुत्ता बितरण गरिएको छ । तिलोत्तमा ९ का वडा अध्यक्ष नारायण न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा वडाध्यक्ष न्यौपानेले आफुले पाएको ३० हजार तलबबाट त्यस बिद्यालयका सम्पुर्ण ७४ जना विद्यार्थीलाई स्कुलमा लगाउने जुत्ता वितरण गर्नुभएको हो । कार्यक्रममा वहाँले विद्यार्थीहरु स्कुल जादाँ खाली खुट्टा नै गएको देखेपछी जुत्ता दिने निर्णय गरेको बताउनुभयो । साथै गरिब दीनदुखीहरुलाई शिक्षादेखि बन्चित नगराउने पनि प्रतिबद्धता ब्यक्त गर्नुभयो। यसअघि बिश्व शान्ति आधारभुत बिद्यालय, ३ न। लाई ई रेक्सा खरिद गर्न १ लाख रुपैयाँ उपलब्ध गराइसकेको पनि जानकारी दिनुभयो ।

त्यस्तै गौतम बुद्ध मा। बि। केवलानिमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने एकजना शिक्षकलाई आफ्नो तलबबाट मासिक १० हजारका दरले उपलब्ध गराउदै आएको पनि बताउनुभयो ।त्यसै गरी कनौजे ट्रेडर्सका देबी कनौजे द्धारा विद्यार्थीका लागि स्कुल ड्रेस्स,पुन इट्टाका मिन बहादुर पुन द्धारा एक थान कम्प्युटर प्रधान गर्नु भएको थीयो कार्यक्रमका विशिष्ट अतिथि बाबुराम रानाले बिकासका साथसाथै शिक्षाका क्षेत्रमा पनि गरेको यो सकारात्मक कार्यले वडाबासीलाई खुसी तुल्याएको र एक विकासशिल युवा नेता पाएको औल्याउनुभयो । त्यस्तै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पहल सिङ रानाले बिद्यालयलाई गरेको सहयोग प्रति वडाध्यक्ष न्यौपानेलाई आभार प्रकट गर्नुभयो ।प्रधानाध्यापक मन्जु खनालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रम बिद्यालयकाशिक्षक कृष्ण कंडेलले सन्चालन गर्नुभएको थियो