नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघको आठौं अधिबेसन सम्पन्न,अध्यक्षमा पिताम्बर भट्टराई निर्वाचित

प्रकाशित मिति:

जगिलाल थापा- बुटवल/नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ लुम्बिनी शाखाको आठौं अधिबेशन आज बुटवलमा सम्पन्न भएको छ।नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिती चित्र बहादुर गुरुङले सो अधिबेशनको उद्घाटन गर्नु भएको हो।अधिबेशनको उदघाटन गर्दै प्रमुख अतिथि गुरुङले पशुपंक्षीहरुको स्वास्थ्य सेवा गर्नु आफैमा ठुलो सेवा हो।मान्छेले आफुलाई के भएको हो भनेर चिकित्सकलाई बताउछन र सोही आधारमा चिकित्सकले औषधी सिफारिा गरेपछि अस्वस्थ मान्छे स्वस्थ हुन्छ तर पशुपंक्षीको उपचार पशुपंक्षीले बिरामी अवस्थामा देखाउने लक्षणको आधारमा औषधीको प्रयोग गरि उनिहरुको जीवन बचाउने कार्य निकै नै जोखिम कार्य हो भन्दै सम्बेदनशिल क्षेत्रमा बढी जिम्मेवार र होसियार पुर्बक काम गर्नु पर्नेमा सुझाब दिनु भएको थियो।

यसैगरी नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ प्रदेश ५ का संयोजक चित्र कुमार गौतमले एग्रोभेट संचालन गर्दा तालिम प्राप्त र पशु चिकित्सामा अनुभव भएका दक्ष जनशक्तीबाट हुनु पर्ने वताउदै पशुपंक्षी औषधी ब्यबसायलाई गुणस्तर र सेवामुलक बनाउन सबै ब्यबसायी जिम्मेवार भै लाग्नु पर्ने बताउनु भएकोछ।अधिबेशनबाट आगामी दुई बर्षका लागि राम प्रसाद भट्टराई रुपन्देहीको अध्यक्षतामा नौ सदस्यिय नया कार्य समिति निर्बाचित गरेको छ।निर्बाचन समितिका संयोजक सुमन अधिकारीका अनुसार उपाध्यक्षमा जित बहादुर जि।सि।९सचिब पिताम्बर खरेल  रुपन्देहीकोषाध्यक्ष शसीधर सापकोटा रुपन्देही,सहसचिब निरज पौडेल पश्चिम नवलपरासी,निर्बाचित हुनु भएको छ भने सदस्यहरुमा झबिन्द्र बेलबासे कपिलबस्तु,गणेश भुषाल अर्घाखाची,सुर्य प्रसाद बस्याल रुपन्देही र केशबराज भण्डारी निर्बाचित भएका छन।यसैगरी अधिबेशनले नै बिष्णु प्रसाद रेग्मीको संयोजकत्वमा तीन सदस्यिय लेखासमिति समेत निर्बिरोध निर्बाचित गरेकोछ ।लेखासमितिको सदस्यहरुमा ठाकुर प्रसाद बस्याल र ज्योती प्रसाद पौडेल रहेका छन।

नबनिर्वाचित अध्यक्ष राम प्रसाद भट्टराईले आफ्नो कार्यकालमा ब्यबसायीहरुको हक हित र दक्ष जनशक्ती बनाउन सदैब तत्पर रहने पशुपंक्षी औषधी ब्यबसायलाई सेवमुलक र गुणस्तरिय बनाउन ब्यबसायीहरुको सहकार्य र सल्लाहमा योजना बनाएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ लुम्बिनी शाखाका अध्यक्ष लक्षमण घिमिरेको अध्यक्षतामा सम्पन्न अधिबेशनमा कोषाध्यक्ष शसिधर सापकोटाले संघको आर्थिक प्रतबेदन प्रस्तुत गर्नु भएको थियो भने संघका उपाध्यक्ष राम प्रसाद भट्टराईको स्वागत र सचिब पिताम्बर पोख्रेलले संचालन गर्नु भएको थियो।