बिएन्का एण्ड्रिस्क्यले जितिन् युएस ओपन टेनिसको उपाधि

२२ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
34 Shares


काठमाडौं– अमेरिकी सेरेना विलियम्स पुनः फाइनलमा आएर स्तब्ध भएकी छन् । युएस ओपन टेनिसको फाइनलमा अमेरिकी सेरेना विलियम्स क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्यूसँग पराजित भएकी हुन् ।आठौँ बरियताकी ३७ वर्षे सेरेना १५ औँ बरियताकी १९ वर्षे बिएन्कासँग ६–३ र ७–५ को सेटमा पराजित भएकी हुन् ।सेरेना विलियम्सले प्रमुख प्रतिस्पर्धाका चार फाइनलमा लगातार हार बेहोरेकी छन् । बिएन्का टेनिसको प्रमुख प्रतिस्पर्धामा उपाधि जित्ने पहिलो खेलाडी हुन् ।

यस्तै सन् २००६ यता ग्राण्डसलामको उपाधि जित्ने पहिलो किशोरी हुन् । सन् २००६ मा मारिया सारापोभाले किशोरी उमेरमै ग्राण्डसलामको उपाधि जितेकी थिइन् । सेरेना गएको जुलाईमा विम्बल्डन टेनिसको फाइनलमा सिमोना हालेपसँग पराजित भएकी थिइन् ।यस्तै गएको वर्ष युएस ओपनमा उनी जापानकी नाओमी ओसाकासँग पराजित भएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ लाई जिपी कोइराला फाउन्डेसन…
  • विप्लवनिकट विद्यार्थी संगठनद्वारा फागुन १४ गते शैक्षिक हड्ताल
  • अब विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने
  • भुलेर पनि प्रयोग नगर्नुहोस् यस्तो सिन्दुर, ऋणमा डुब्नसक्छन पति
  • आँचल र उदिपले यसरी गरे इङ्गेजमेन्ट, के भन्छिन आँचल ?
  • देश आमा हुन्, कुर्लुम्म काटेर खान मिल्दैन
  • कर्णाली नदीमा जीप खस्यो, एक जनाको मृत्यु
  • समता स्कुलको ६औं वार्षिक उत्सव र अभिभावक भेला सम्पन्न
  • महिनावारी भएको बेला पुजापाठ गर्न, मन्दिर जान हुन्छ कि हुँदैन…
  • ३ करोड भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुख बिरुद्ध मुद्दा दायर