निर्मला हत्याका आरोपी पक्राउ

प्रकाशित मिति:

काठमाण्ठौ / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कञ्चनपुर भीमदत्त नगरपालिका(२ की निर्मला पन्तको बलात्कारपछि भएको हत्याको आरोपमा स्थानीय दीलिपसिंह विष्टलाई पक्राउ गरेको छ ।

ब्यूरोका अनुसार बलात्कारको प्रतिकारमा निर्मलाले चिच्याउँदा पोल खुल्ने डरले दीलिपले गत १० साउनमा साथीको घरमा पढ्न गएकी निर्मला फर्किँदा उनी चढेको साइकल बिग्रेको र चेन बनाइदिने निहुँमा दीलिपले बलात्कार गरी घाटी थिचेर हत्या गरेको खुलेको छ ।

ब्यूरोले १० भदौमा अन्दाजी साढे दुईदेखि तीन बजेको बीचमा बलात्कार र हत्याको घटना भएको निष्कर्ष निकालेको छ।

अनुसन्धानमा संग्लन प्रहरीका अनुसार कुनै प्रतिशोध वा रिसिइबीले भन्दा पनि यौन भोक शान्त पार्न नै दीलिपले बलात्कार गरेको र पछि हत्या गरेको देखिन्छ।

ब्यूरोले ३ भदौमा नै दीलिपलाई जबरजस्ती करणी र कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र केन्द्रीय अनुसन्धान ब्युरोको समन्वयमा उनीमाथि थप अनुसन्धान भइरहेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको अनुसार कर्तब्य ज्यान मुद्धामा ९ वर्ष जेल सजाय भुक्तान गरी निस्केका दीलिप मानसिक रुपमा ठिकै भएपनि सन्की व्यवहारका थिए।

२०६५ सालमा आफ्नै कान्छो भिनाजु नारायण सिंह थापाको हत्या गरेको अभियोगमा जेल सजाय भोगेका दीलिप २०७४ जेठमा मात्रै कैद सजाय पुरा गरेर छुटेका थिए।