राष्ट्रिय जागरण अभियानका लागि कांग्रेसले तोक्यो ३ प्रदेशमा प्रतिनिधि

प्रकाशित मिति:

काठमाडौं– नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिरुको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले सुदूरपश्चिम, कर्णाली र प्रदेश नम्बर १ मा खटिने केन्द्रीय प्रतिनिधिहरुको नामावली सार्वजनि गरेको हो । कांग्रेसले सार्वजनिक गरेको ‘प्रथम सूची’मा हरेक जिल्लाका लागि २–२ जना केन्द्रीय प्रतिनिधि खटाइएको छ । सभापति शेरबहादुर देउवाको गृहजिल्ला सुदूरपश्चिमको डडेल्धुरामा कञ्चनपुरका अन्तराम भट्ट र बेलबहादुर रानालाई खटाइएको छ ।सभापति देउवाकी पत्नी डा. आरजु राणा देउवा भने कञ्चनपुरमा खटिएकी छन् ।

कांग्रेसले यसअघि गत वैशाख २५ गतेदेखि जेठ २५ गते गरेर १ महिनासम्म पहिलो चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणअन्तर्गत भदौ २४ देखि असोज ७ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । राष्ट्रिय जागरण अभियान सफल पार्न पूर्व जिल्ला सभापति, पूर्व सांसद, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा परिचालन गरिएको शर्माले जानकारी दिए ।

https://drive.google.com/file/d/1SOefjTT4xMOrT02P4P71MpXKoYTN3Xe4/view