प्रधानमन्त्रीको गृहनगरमा कांग्रेसले जित्यो

प्रकाशित मिति:

झापा – प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाको गृहनगर दमकमा उद्योग बाणिज्य संघको चुनाबमा कांग्रेस निकट व्यवसायीले जितेका छन्। आइतवार विहान सम्पन्न मतपरिणाम अनुसार प्रगतिशिल समुहका बिमल खतिवडालाई ४९५ मतको फराकिलो अन्तरले पराजित गद अध्यक्षमा लोकतान्त्रिक समुहका गोकुल श्रेष्ठ बिजयी भएका हुन्। श्रेष्ठले १ हजार ४११ मत पाएका छन् भने खतिवडाले ९१६ मत।

बरिष्ठ उपाध्यक्षमा प्रगतिशिलका देविप्रसाद गुरागाईं (गोपाल) बिजयी भएका छन्। उनले १ हजार २७६ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिकका सहदेव आचार्य (सुरज)ले १ हजार १४ मत पाए। प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजु खड्का १२०९, द्वितीय उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङया १०५२ मत तथा तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बु १२०२ मत पाएर बिजयी भएका हुन्। खुल्ला सदस्यमा लोकतान्त्रिक र प्रगतिशिलबाट तीनतीन जना बिजयी भएका छन्। लोकतान्त्रीकबाट चन्द्र खत्री, तुलसीराम तिम्सिना र नविन कुमार अग्रवाल तथा प्रगतिशिलबाट भरत कुमार चम्लागाईं, राजकुमार थापा र असिम राई बिजयी भएका हुन्। बस्तुगततर्फ लोकतान्त्रिक समुहबाट मोहन ढकाल र रुबल अधिकारी तथा प्रगतिशिलबाट गायत्री पौडेल, राजेश अधिकारी र दिनेश सुवेदी बिजयी भएका छन्।

लेखा समिति संयोजकमा प्रगतिशिलका खोम बगाले थापा बिजयी बने। सदस्यमा प्रगतिशिलबाट मिन मगर र लोकतान्त्रिकबाट कृष्णराज दाहाल बिजयी भएका छन्। महिला सदस्यमा लोकतान्त्रिककी सुस्मा निरौला र प्रगतिशिलकी बिन्दु सिटौला बिजयी भएका छन्। आफ्नो निर्वाचन क्षेत्र दमकमा कांग्रेस निकट व्यवसायीले चुनाब जितेपछि प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडा आश्चर्यमा परेका छन्। त्यसो त कतिपयले यो निर्बाचन परिणामलाई नेकपाको सरकारले व्यबसायीहरुलाई दुःख दिएपछि त्यसको जबाफस्वरुप लोकतान्त्रिक समूूहका उम्मेद्वारलाई मत दिएर जिताएको पनि अर्थ लगाएका छन्।