केही दिनदेखि सुनको भाउ ओरालो, आज पनि घट्यो

२२ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
281 Shares


काठमाडौं – केही समयदेखि निरन्तर उकालो लागेको सुन गत हप्तादेखि केही ओरालो लागेको छ । गत शुक्रवार १४ सय घटेको सुन ७२ हजारमा कारोबार भएको थियो ।

आज(आइतबार) पनि सुनको मूल्य केही ओरालो लागेको छ । आज सुनको मूल्य ५ सय कम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रति तोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज प्रतितोला ८८५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रवार चाँदी ९ सय रुपैयाँ तोलामा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया