मन्त्रिपरिषद बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सिंगापुरबाट उपचारगरि फर्केपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

बैठक अहिले केहि बेरमा बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री सिंगागापुर गएपछि मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन। तर प्रधानमन्त्री ओलीले भिडियोमार्फत सिंगापुरबाटै २ पटक मन्त्रिपरिषद्का सदस्यसँग छलफल गरी जानकारी लिएका थिए।