वर्ड लिङ्कको दशैँ अफर : एक बर्षसम्म २५ एमबिपिएस, ३२ इन्चको टिभी २५ हजार ९९० रुपैयाँमा

२२ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
31 Shares


काठमाडौं – इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंकले दशै र तिहारको उपलक्ष्यमा नयाँ योजना सार्बजनिक गरेको छ । कम्पनीले ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजीएलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा २५ हजार ९९० रुपैयाँ पाउने स्किम ल्याएको छ।

यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ। यसको अतिरिक्त वल्र्ड लिंकले ग्राहक वर्गमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचर मार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ। सम्पूर्ण नयाँ तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी २५० नगद ब्यालेन्स प्राप्त गर्न सक्ने छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया