८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्त गरिने

प्रकाशित मिति:

संवैधानिक परिषदले ८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्त गर्ने भएको छ ।परिषदले विभिन्न ८ संवैधानिक आयोगमा रिक्त अध्यक्ष तथा सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्ति गर्न प्रक्रिया शुरु गरेको हो । ८ संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० पद खाली छ ।

अध्यक्ष र सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न लागिएको निकायमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोग छन् । त्यसैगरी आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा पनि अध्यक्ष र ४र४ सदस्य पद खाली छन् । यीमध्ये केही नयाँ हुन भने केही पहिलेदेखि नै क्रियाशील थिए ।परिषद सचिवालयले रिक्त सबै पदहरु पूर्तिका लागि मंगलबार सूचना प्रकाशित गरेको छ ।योग्यता पुगेका उम्मेदवारहरुलाई आवेदनका लागि परिषद् सचिवालयले सात दिनको म्याद दिएको छ । सचिवालयले उम्मेदवारहरुले अनलाइनमार्फत् नै आवेदन दिन सक्ने व्यवस्था समेत मिलाएको जनाएको छ

थप समाचार