बंगलादेशविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ, २६२ रनको लक्ष्य पेश

२२ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
31 Shares


कोलम्बो – श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई २६२ रनको लक्ष्य पेश गरेको छ । श्रीलंकाको पी सारामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनायो । टेष्ट नेशनविरुद्ध बलियो स्कोर बनाउने क्रममा पवन शरार्फसँगै सन्दीप जोराको रहृयो ।

नेपालको सुरुवात ठीकै रहृयो । ऋत गौतम र पवनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । ऋत ३२ रनमा आउट भए । आसिफ शेख मात्र ३ रनमा पभेलियन फर्किए । तर पवनले सम्हालिएर ब्याटिङ गरे । उनले कुशल मल्लसँग ३९ रनको साझेदारी गरे भने कप्तान रोहितकुमार पौडेलसँग १४ रनको । त्यसपछि सन्दीप जोरासँग १४ रनको साझेदारी गरेका उनी ८१ रनमा आउट भए । त्यसअघि कुशल २८, रोहितकुमार १४ रनमा आउट भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया