कांग्रेस नेता भुषाल राष्ट्रपतिबाट सम्मानित

२२ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
66 Shares


काैरव खत्री/गुल्मी – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता दामोदर भुषाल राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज सम्मानित भएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले युवा नेता भुषाललाई विद्याभुषण “क” बाट सम्मानित गरेकी हुन् । हरेक बर्ष स्वदेश तथा बिदेशवाट विभिन्न विधामा विभिन्न समयमा विद्यावारिधी गरेका व्यक्तिहरुलाई उक्त उपाधिले सम्मान गर्ने प्रचलन रहेको छ । उनीे चीनको पेकिङ्ग विश्वविद्यालयवाट विद्यावारिधी गर्ने पहिलो व्याचको पहिलो नेपाली हुन् । उनले नेपालमा उद्यमशीलता विकासमा विप्रेषणको भूमिका विषयमा सोध गरेका छन् । नेता भुषालले यसअघि नै त्रिभुवन विश्वविद्यालयवाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका छन् ।

राजनीतिलाई पवित्र कार्य ठान्ने नेता भुषाल परिवारमा राजनीतिमा तेस्रो पुस्ताका प्रतिनिधि पात्र हुन् । विद्यार्थी जीवनमा भुषाल सधै चर्चामा रहिरहे । उनी क्याम्पसमा अध्यन गर्दा काठमाडौ शिक्षा क्याम्पसको स्ववियु सभापति बनेका थिए । नेविसंघको विदेश विभाग प्रमुख रहदाँ नेता भुषालले शिक्षालाई शान्ति क्षेत्र कायम गराउने र विद्यार्थीको अधिकार स्थापित गराउने आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासतमा परेका छन् । मुलधारको राजनीतिमा नेपाली कांग्रेस गुल्मीको क्षेत्रिय सभापतिको जिम्मेवारी निर्वाह गर्दा नेता भुषालले गरेका कामहरु अहिले पनि स्मरणीय छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • शाइन रेसुंगा बैंकद्वारा प्युठानलाई ५० थान पीपीई
  • कोरोना भाइरसबाट कसरी बच्ने ,यसो भन्नुहुन्छ जनस्वास्थ्य विज्ञ डा. रविन्द्र…
  • रामग्राम नगरपालिका राहात कुहिएको चामल
  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार