भारतद्धारा इङ्ल्याण्डलाई ५ सय २१ रनको विशाल लक्ष्य

प्रकाशित मिति:

इङ्ल्याण्डलाई भारतले ५ सय २१ रनको विशाल लक्ष्य दिएको छ । पहिलो पारिमा ३ सय २९ रन बनाएको भारतले दोस्रो पारिमा ३ सय ५२ रन बनाएर पारि समाप्त भएको घोषणा गरेको थियो । लगातार दुई टेस्ट गुमाएको भारतले तेस्रो टेस्टमा भने उत्कृष्ट प्रदर्शन गरेको छ ।

पहिलो पारिमा भारतले १ सय ६८ रनको अग्रता बनाएको थियो । पहिलो पारिमा इङ्ल्याण्ड १ सय ६१ रनमा समेटिएको थियो । भारतको दोस्रो पारिमा कप्तान विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै सतक समेत प्रहार गरेका छन् । कोहलीको टेस्ट क्रिकेटमा यो २३ औं सतक हो ।यसैगरी हार्दिक पाण्ड्याले नट आउट ५२ रन जोड्दा शिखर धवनले ४४ रन बनाएका थिए । ५ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको इङ्ल्याण्डले २४ रन बनाउँदा तेस्रो दिनको खेल सकिएको थियो ।

अब उसलाई जितका लागि ४ सय ९८ रन आवश्यक छ भने १० विकेट नै सुरक्षित रहेको छ । मंगलबार चौथो दिनको खेल इङ्ल्याण्डका एलेस्टर कुक र कियोटन जेनिङले अगाडि बढाउने छन् ।