तार सट भएर पाल्पामा जल्यो ट्रक

प्रकाशित मिति:

पाल्पा – तरकारी बोक्ने मिनी ट्रकमा आगोलागी भएको छ । तानसेन नगरपालिका ७ टिन्टे आँप स्थित बासँटारी –सराई भित्री सडक खण्डमा विद्युत्को तार सट भई ट्रकमा आगोलागी भएको हो । आईतबार तरकारी बोकेर बुटवलदेखि सराई तर्फ जाँदै गरेको लु १ ख ९४०९ नम्वरको ट्रक ब्रेक फेल भई सडक देखि ३ मिटर तल खस्न पुगेको थियो ।

ट्रक सडक तल रहेको विजुलीको पोलमा ठोक्किन पुगी तार सट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलागीबाट गाडीमा रहेका तरकारी, त्रिपालमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । उनका अनुसार ट्रक घटनास्थलमै रहेको र चालकलाई नियन्त्रण्मा लिई थप अनुसन्धान थालिएको छ ।