सांसद नविना लामाको गुनासो: अर्थमन्त्रीबाट सांसदबीचमै विभेद भयो

प्रकाशित मिति:

काठमाडौं –  प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद नविना लामाले अर्थमन्त्री डा युवराज खतिवडाबाट सांसदलाई नै विभेद गरिएको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचित र समानुपातिक संसदबीचमै विभेद भएको गुनासो गरिन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्यक्ष निर्वाचित सांसदलाई हर्ताकर्ता बनाइएको र समानुपातिक सांसदलाई जनताको प्रतिनिधि नभएको महसुस भएको लामाको भनाई छ । नेकपाबाट समानुपातिक सांसद लामाले अर्थमन्त्रीबाटै यस्तो विभेद भएको र त्यसलाई सच्चाएर नीति बनाउनु पर्नेमा जोड दिएकी छन् ।