सिभिल बैंकले ल्यायो नयाँ योजना

प्रकाशित मिति:

पुनहरि बेल्बासे /भैरहवा – सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्युटि डिपोजिट निक्षेप योजना ल्याएको छ । २०६७ सालमा स्थापना भएको सो बैंकले हाल ९६ ओटा शाखा, ६२ ओटा एटिएम सञ्चालन गरि सेवा प्रदान गर्दै आएको छ । ८४ अर्ब लगानी रहेको बैंकले ३ लाख २२ हजार सेवाग्राही आबद्ध रहेको प्रादेशिक कार्यालय भैरहवाका प्रमुख किरण धमलाले जनाकारी दिए ।

बैंकले १ वर्ष देखि ७ वर्ष सम्मको निश्चित समय लिइ बैंकमा बचत जम्मा गर्नेलाई ९ दशमलव ७५ प्रतिशत सम्मा ब्याज प्रादन गर्ने प्रमुख धमलाले बताए । एन्युटि डिपोजिट योजनाबाट भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्ने वचतकर्ताले निश्चित अवधि तोकि मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र इच्छाइएको रकम सो अबधि पश्चात एकमुष्ठ पाइने व्यवस्था छ– धमलाले भने ।