जागरण अभियान नौटंकी हो : महासचिव शाही

२२ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
15 Shares


काठमाडौं – कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले पार्टीले देशव्यापी रुपमा शुरु गरेको जागरण अभियानलाई नौटङ्की भन्दै भण्डाफोर गरेका छन् । शाहीले आइतवार प्रेस विज्ञप्तिमार्फत जागरणमा जानुभन्दा अगाडि तरुण दल र नेविसंघलाई पूर्णता दिन कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उनले भातृ संस्थको केन्द्रीय कार्य समिति विस्तारसम्म गर्ने नसक्ने गैरजिम्मेवार नेतृत्वबाट जागरणको डंका फुक्नुको औचित्य नहुने भनेका छन् ।

शाहीको विज्ञप्तिमा भनिएको छ ‘तरुण दललाई ४ जनामा सीमित राख्नु र नेविसंघलाई शून्यमा राख्नु लोकतान्त्रिक पार्टीको लागि लाजमर्दो विषय हो । केन्द्रलाई नै जागरण गर्न नसक्ने पार्टीका नेताहरूले गाउमा गएर जागरण गर्छु भन्नू नौटङ्की मात्र हो । उनले भातृ संस्थाको बेहाल पार्ने र युवाहरुको भविष्यलाई चौपट पार्ने पार्टीको लाचारीपनप्रति आपत्ति जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ लाई जिपी कोइराला फाउन्डेसन…
  • विप्लवनिकट विद्यार्थी संगठनद्वारा फागुन १४ गते शैक्षिक हड्ताल
  • अब विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने
  • भुलेर पनि प्रयोग नगर्नुहोस् यस्तो सिन्दुर, ऋणमा डुब्नसक्छन पति
  • आँचल र उदिपले यसरी गरे इङ्गेजमेन्ट, के भन्छिन आँचल ?
  • देश आमा हुन्, कुर्लुम्म काटेर खान मिल्दैन
  • कर्णाली नदीमा जीप खस्यो, एक जनाको मृत्यु
  • समता स्कुलको ६औं वार्षिक उत्सव र अभिभावक भेला सम्पन्न
  • महिनावारी भएको बेला पुजापाठ गर्न, मन्दिर जान हुन्छ कि हुँदैन…
  • ३ करोड भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुख बिरुद्ध मुद्दा दायर