रुपन्देहीमा मनाईयो निजामती सेवा दिवस

प्रकाशित मिति:

सक्षम निजामती प्रशासनः विकास, समद्धि र सशासन भन्ने नाराका साथ निजामती सेवा दिवस आईतबार मनाईएको छ । दिवसका अवसरमा रुपन्देहीमा पनि रचनात्मक कार्यक्रम गरि मनाईएको छ ।  विभिन्न निजामती कर्मचारीहरुको सम्युक्त पहलमा भएको कार्यक्रममा अनाथहरुलाई सहयोग,कर्मचारीहरुका विचमा वक्तृित्वकला प्रतियोगिता, प्रभातफेरी कार्यक्रम गरिएको हो ।  वक्तृिवकला प्रतियोगितामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत टुकराज पाण्डे प्रथम, सोही मन्त्रालयकै अधिकृत गणेश घिमिरे द्धितीय, राष्ट्रिय परीक्षा वोर्ड वटवलका कमल अर्याल तृतीय र गुणस्तर तथा नापतौल कार्यालयका रमेश पाण्ड सान्त्वना भएका थिए ।
त्यस्तै निजामती सेवा दिवसकै अवसरमा रुपन्देहीको ओमसतिया गाउ पालिकाको वालापरुमा रहेको सत्यसाई वृद्धाश्रम मा आश्रित वृद्धाहरुलाइ कपडा तथा खाद्यान्य सामग्री वितरण गरिएको थियो । इस्तै आईतबार भैरहवाको देवकोटा चोकवाट प्रभातफेरी कार्यक्रम गरी जिल्ला प्रशासन कार्यालयको परिसरमा मुल समारोहको आयोजना गरीएको थियो ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख हरि प्रसाद अधिकारी, निजामती कर्मचारी संगठनका पूर्व केन्द्रीय अध्यक्ष गणेश वस्याल, आधिकारीक टे«ड यनियनका केन्द्रीय सदस्य मेघदेव पन्त, नेपाल निजामती कर्मचारी युनियन (संघ) का केन्द्रीय उपाध्यक्ष मदन गौतम, कर्मचारी संगठनका केन्द्रीय सदस्य काशीराम आचार्य, आधिकारीक ट्रेड युनियन जिल्ला कार्य समिति रुपन्देहीका अध्यक्ष राम प्रसाद पन्थी, नेपाल निजामती कर्मचारी संगठनका रुपन्देही जिल्ला अध्यक्ष केशवराज भट्टराइ, नेपाल निजामती कर्मचारी युनियन संघ रुपन्देहीका अध्यक्ष मोहन कुमार नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का रुपन्देही अध्यक्ष गोविन्द ज्ञवाली, आधिकारीक ट्रेड युनियन जिल्ला कार्य समितिका उपाध्यक्ष चक्रपाणि पाण्डे,सहसचिव शिव कुमार पंगेनी लगायतले बोलेका थिए ।