रुपन्देहीमा कांग्रेसका क्षेत्रीय सभापति चयन सम्पन्न

प्रकाशित मिति:

बुटवल – नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको ५ संघीय निर्वाचन क्षेत्र र १० प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व टुंग्याएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले संघीय संरचना अनुसार क्षेत्र नं. १ को सभापतिमा हिराबहादुर खत्री, क्षेत्र नं. २ को सभापतिमा हरि लम्साल, क्षेत्र नं. ३ को सभापतिमा मात्रिकाप्रसाद यादव र सहसभापतिमा प्रेमबहादुर फौदार, क्षेत्र नं. ४ को सभापतिमा मुकेश यादव र क्षेत्र नं. ५ को सभापतिमा वसिउल्लाह मुसलमानलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणका अनुसार प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्र नं. १ को (क) मा लालबहादुर चौधरी (ख) मा गोरखनाथ चौधरी, क्षेत्र नं. २ को (क) मा माधवलाल देवकोटा, (ख) मा परशुराम ढकाल, क्षेत्र नं. ३ को (क) मा पुरनप्रसाद श्रेष्ठ, (ख) मा कृष्णबहादुर विष्टले सभापतिको जिम्मेवारी पाएका छन् । क्षेत्र नं. ४ को (क) मा रमाकान्त केवट, (ख) मा सन्तराम हरिजन र क्षेत्र नं. ५ को (क) मा रामबहादुर थापा तथा (ख) मा दुर्गाप्रसाद उपाध्यायलाई सभापतिको जिम्मेवारी प्रदान गरिएको छ । सर्वसम्मत रुपमा निर्णय गरिएको र बाँकी संरचना पार्टीको कार्यबिधि अनुसार हुने पनि खाँणले बताए ।