मदिरा व्यवसायी संघमा भट्टराई निर्वाचित

प्रकाशित मिति:

रुपन्देही –मदिरा व्यवसायी संघ रुपन्देहीको छैठौं अधिवेशनबाट अध्यक्षमा शुम्भुप्रसाद भट्टराई निर्वाचित भएका छन् । मणिग्राममा सम्पन्न अधिवेशनबाट अध्यक्षसहित सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

संघको प्रथम उपाध्यक्षमा कृष्ण गौतम,द्वितीय उपाध्यक्षमा पदमराज घिमिरे,महासचिवमा हिमालय भुसाल,सचिवमा बाबुराम ज्ञवाली र कोषाध्यक्षमा भागिरथ पाण्डे निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा सुजन श्रेष्ठ,जीवन पाण्डे,रामप्रसाद पन्थी,किशोर पन्थी,यादव पोखरेल,प्रकाश भुजेल,मुकुन्द पोखरेल,लोकराज भारती र गोविन्द भण्डारी सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका संयोजक अर्जुन कार्कीले जानकारी दिए ।